कांग्रेसको छाया सरकारले ओली सरकारमा भएका भष्ट्राचार खोज्ने

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार १४:५४
file-photo

हेटौंडा, ११ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठकले ओली सरकारले गरेको भ्रष्चाटार खोज्न निर्देशन दिएको छ ।

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायत अन्य मन्त्रालयमा नीतिगत भ्रष्टाचार भएका कुरा बाहिर आएकाले अन्य मन्त्रालयहरुको पनि अध्ययन गर्न सम्बन्धित मन्त्रालय हेर्ने छाया मन्त्रीहरुलाई निर्देशन दिइएको जनाइएको छ ।

आइतबार सिंहदरबारमा गठन भएको ९ महिनापछि पहिलो पटक बसेको छाया सरकारको बैठकले विभिन्‍न मन्त्रालयमा भ्रष्टाचार व्याप्त रहेको भन्दै सदन, सडकबाट प्रभावकारी ढंगले अगाडि लैजाने निष्कर्ष निकालेको छ ।

बैठकपछि छाया श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सांसद डिला संग्रौलाले भन्नु भयो ‘गोकुल बाँस्कोटाको ७० करोडको टेप प्रकरणले हरेक मन्त्रालयमा भ्रष्टाचारको जालो देखाएको छ। सरकारबाट जनताका काम भएनन्, सुशासन भएन। हाम्रो भूमिका झन् सक्रिय हुनुपर्‍यो भन्ने छलफल भयो।’

उनका अनुसार छाया सरकारका संयोजक एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहितका नेताहरुको उपस्थितिमा बसेको बैठकले मन्त्रालय–मन्त्रालय जाने, क्रियाशीलता बढाउने, अनुगमन गर्ने र मन्त्रीसँग बैठक र रिपोर्टिङ लिने र अनियमितता उजारीकरण गर्ने निर्णय गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*