चिनियाँ राष्ट्रपतिले विश्वकै धनी बिल गेट्सलाई पत्र लेख्नुको यस्तो रहेछ कारण

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार १२:३६

बेइजिङ, ११ फागुन । चिनियाँ राष्ट्रपति सी चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी बिल गेट्सलाई पत्र पठाएका छन्।

कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो।

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए। कोभिड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन्। यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ।

राष्ट्रपति चिनफिङले लेखेका छन्,‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु। अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धताप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।’

उनले चीन अहिले महामारीविरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*