प्रधानमन्त्री ओलीले यसरी मनाउनु भयो ‘बथ्रडे’

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार ११:२९

हेटौंडा, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आफ्नो ६९ औं जन्ददिवस मनाउनु भएको छ । उनका शुभेच्छुकहरुले निवासमै पुगेर बधाई तथा शुभकामना दिनु भएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पुर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुम्वास नेम्बाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायतले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु भएको छ ।

उहाँहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुग्नु भएको थियो । प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँ–बायाँ राखेर केक काट्दै सबैलाई ग्रहण गर्न दिनु भएको थियो ।

बालुवाटारको कार्यक्रमपछि प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गर्नु भएको छ । उहाँले आठराईमा जेष्ठ नागरिकलाई न्यानो कपडा र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउँदै हुनुहुन्छ ।

सबै तस्बिरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको फेसबुकबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*