हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी

तु खबर संवाददाता
२०७६ फाल्गुन १०, शनिबार ११:४९

हेटौंडा, १० फागुन । गृहमन्त्रालय काठमाडौंको आयोजनामा आज शनिवारदेखि हेटौंडामा बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । हेटौंडा–२ स्थित एभोकाडो होटलमा बिहानदेखि गोष्ठी सुरु भएको हो ।

सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणको लागि विभिन्न योजना र उपाय, चीन र नेपालको सीमाना सम्बन्धि समस्या समाधानको लागि समिक्षा हुनेछ ।

बैठकले वाग्मती प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै आगामी योजना तयार गर्ने पार्ने कार्यक्रम छ । बैठकको पहिलो दिन चारवटै सुरक्षा निकाय र संघीय सरकारअन्तर्गत् गृह मन्त्रालयका महाशाखा प्रमुखहरुले सुरक्षाको वर्तमान अवस्था र चालिएका कदमहरुबारे प्रतिवेदन पेश गर्ने छन् ।

गोष्ठीको समापनको लागि गृहमन्त्री रामबहादुर थापा (बादल) भोली ११ फागुनमा आउने आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले बताउनुभएको छ । बागमती प्रदेशभित्रको सुरक्षा रणनीतिका बारेमा गृहमन्त्री थापाले विशेष निर्देशन दिने जनाइएको छ ।

गोष्ठीमा गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका आइजीपी, राष्ट्रिय अनुसन्धान विभाकको प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृतहरुको सहभागिता रहने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

दुई दिनसम्म संचालन हुने गोष्ठीमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु र नेपाली सेनाका गणपतीहरुको सहभागिता रहेको मकवानपुर प्रशासनले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*