गाँजाबाट किसानले लाखौं कमाउन सक्छन्ः सांसद विरोध खतिवडा

तु खबर संवाददाता
२०७६ फाल्गुन ९, शुक्रबार १६:४३

काठमाडौं, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही सांसदहरुले गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र नियन्त्रणमा खेती गर्न पाउनु पर्ने भन्दै संसदमा प्रस्ताव दर्ता गरेपछि यो विषय अहिले चर्चामा छ।

प्रस्ताव दर्ता गराउने सांसद विरोध खतिवडाले नियन्त्रित रुपमा खेती गर्न दिने हो भने किसानले लाखौं कमाउन सक्ने बताउँनु हुन्छ। खतिवडाले विश्वभरि नै सरकारी अनुगमनमा गाँजा खेती गर्न दिने व्यवस्था भइरहेकाले नेपाल यसबाट पछि हट्न नहुने उहाँले बताउनु भयो ।

‘सरकारले कानुन बनाएरै खेती गर्न दिनुपर्छ। जसलाई नगदेबालीको रुपमा किसानले लाखौ कमाउन सक्छन्,’ सांसद खतिवडाले भन्नु भयो, ‘युरोप अमेरिकातिर धमाधम खुला हुँदैछ, हामी त्यसबाट पछि हट्नुहुँदैन।’

२०३३ सालमा लागू औषध नियन्त्रण ऐन ल्याएर बनाएर गाँजालाई लागू औषधको सूचीमा राखेको थियो। अमेरिकाको गाजाँविरुद्ध विश्वव्यापी अभियानको क्रममा नेपालमा पनि त्यस प्रकारको कानुन आएको खतिवडाको बुझाइ छ।

गाँजालाई औषधि र तरकारीको रुपमा लामो समयदेखि प्रयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उहाँले भन्नु भयो, ‘हामीले खानका लागि यो खुला गर्नुपर्ने माग गरेको भने होइनौं। भारतमा किलोको हजारौं रुपैयाँमा बिक्री हुने गाँजा प्रशोधन गरेर युरोप पुर्याउन सक्ने हो भने लाखौं कमाउन सकिन्छ।’

खतिवडाले आफूसहित करिब पचास जना सांसदले संसदमा प्रस्ताव गर्दा गरेको भएपनि धेरैको यसमा समर्थन रहेको दावी गर्नु भयो ।

‘केही साथीहरुसँग सल्लाह गरेर दर्ता गराएको थियौं अहिले धेरै साथीहरुले यसमा समर्थन गर्नु भएको छ,’ खतिवडाले भने, ‘सरकारले यो विषयलाई सकारात्मक रुपमा लिने आशा छ।’ खतिवडाले नेपाल खबरसँग गर्नु भएको कुराकानीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*