बास्कोटाले द्वीट गर्दै भने–नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिएँ

तु खबर संवाददाता
२०७६ फाल्गुन ८, बिहीबार १७:४३

काठमाडौँ, ८ फागुन । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफुले पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

मन्त्री बास्कोटाले ट्वीट गर्दै आफुले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु ।’ मन्त्री बास्कोटाले ट्वीटमा भन्नुभएको छ ।

यसअघि प्रतिनिधिसभाको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसबारे जानकारी गराउनुभएको थियो ।

बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको अडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसलगायत अन्य दलले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*