कोरोनाभाइरसका कारण थप दुई जापानीको मृत्यु

तु खबर संवाददाता
२०७६ फाल्गुन ८, बिहीबार १७:१६
filr-photo

कोभिड १९ भाइरस भेटिएको डाइमण्ड प्रिन्सेस क्रुज जहाजका दुई यात्रीको मृत्यु भएको छ।

जापानी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार, क्वारेन्टाइनका लागि राखिएको उक्त जहाजका दुई जापानी वृद्धवृद्धाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८७ वर्षीय पुरुष र ८४ वर्षीय महिला छन्, जो पहिल्यै संक्रमित थिए।

परीक्षणबाट कोभिड १९ देखिएपछि उनीहरुलाई चिकित्सा केन्द्रमा पठाइएको थियो, त्यहाँ उनीहरुको मृत्यु भएको हो। योसँगै जापानमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

बिहीबार उक्त क्रुज जहाजबाट दोस्रो चरणमा संक्रमण नदेखिएका ५०० यात्रु बाहिर निकालिँदैछ। यसअघि ४४३ जनाले दुई हप्ता क्वारेन्टाइनमा बसेर बुधबार मात्रै जहाज छोडेका थिए। उनीहरुमा निमोनियाको सङ्क्रमण गर्ने भाइरस नकरात्मक देखिएको थियो।

बाँकी दुई हजार यात्रुमध्ये तेस्रो चरणको समूह शुक्रबार निकालिने अपेक्षा गरिएको छ। भाइरस पुष्टि भएकाको हकमा भने संक्रमणबाट मुक्त नभएसम्म थप दिन क्वारेन्टाइनमै बस्नुपर्नेछ ।

लगभग ३ हजार ७०० यात्रु बोकेको उक्त क्रुज जहाजमा ५० भन्दा बढी देशका मान्छे थिए । भाइरस पुष्टिको विवरण दिन प्रतिदिन बढ्दै गएको छ र बुधबारसम्ममा ६०० भन्दा बढी पुगेको छ। एजेन्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*