उसेन बोल्टसँग दाँजिने मजदुर, जसले खेलमन्त्रीको प्रस्ताव इन्कार गरे

तु खबर संवाददाता
२०७६ फाल्गुन ७, बुधबार १९:१५

नयाँदिल्ली, ७ फागुन । ओलम्पिक स्वर्ण पदक विजेता उसेन बोल्टसँग तुलना गरिएका भारतको कर्नाटकका एक कन्स्ट्रक्सन मजदुरले भारतीय खेल प्राधिकरणको ट्रायलमा भाग नलिने बताए ।

भैंसी दौडमा उत्कृष्ट प्रदर्शनपछि, उनलाई ओलम्पिक च्याम्पियन एथलीटसँग तुलना गरिएको थियो । यसबीच केन्द्रीय खेलमन्त्री किरण रिजिजूले उनलाई भारतीय खेल प्राधिकरणको ट्रायलमा भाग लिन सल्लाह दिएका थिए ।

२८ वर्षीय श्री निवास गौडाले धान उब्जाउ हुने खेतमा भैंसीसँगै १ सय ४२ मिटर पूरा गरेका हुन् । उनले कर्नाटकको तटवर्ती सहर मंगलोरको गाउँमा परम्परागत खेल कम्बालमा पनि भाग लिएका थिए ।

स्थानीय मिडिया रिपोर्टका अनुसार गौडाले १ सय ४२ मिटर १३।४२ सेकेन्डमा पार गरेका थिए । ओलम्पिक खेलमा बोल्टले ९।५८ सेकेन्डमा १ सय मिटरको दूरी पार गरेको रेर्कड छ । गौडाले १ सय मिटर ९।५५ सेकेन्डमा शानदारले पार गर्न सक्छन् ।

यसपछि गौडाको सामू उनको शक्ति प्रमाणित गर्न एक परिक्षण प्रस्ताव गरिएको थियो । तर दौडमा उनको खुट्टामा चोट लागेका कारण अहिले ट्रायलमा भाग लिन असर्मथ रहेको बताए । श्री निवास गौडाले भने, ‘म भारतीय खेल प्राधिकरणको ट्रायलमा भाग लिन योग्य छैन । मेरो खुट्टामा चोट लागेको छ र मेरो ध्यान कम्बालमा छ । मलाई खेतमा भैंसीसँग दौडिने बानी छ ।’

कम्बाल कर्नाटकको तटीय क्षेत्रमा खेलिने एक परम्परागत खेल हो । यो खेलमा भाग लिने व्यक्तिले १ सय ३२ देखि १ सय ४२ मिटरको खेतमा एकैपटक दुई भैंसीसँग दौडिनु पर्छ ।

कम्बाला एकेडेमीका संस्थापक सचिव प्रोफेसर गुणपाल कदम्बाले भने, ‘हामी केन्द्रीय खेलमन्त्रीको प्रस्तावलाई स्वागत गर्छौँ । यसलाई अस्वीकार गर्दैनौं । यसलाई कम्बालको ठूलो सम्मानको रुपमा हेर्छौँ । तर खेलमा भाग लिन भने नसक्ने उनको भनाइ छ ।’

बिबिसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*