मन्त्री फुयाँलद्वारा पदभार ग्रहण, संविधानको मर्म अनुसार अघि बढ्ने प्रतिबद्धता

२०७६ फाल्गुन ५,सोमबार १८:४१

मकवानपुर ५ फागुन । बागमती प्रदेशको नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले आज सपथ ग्रहण गर्नुभएको छ ।

मन्त्री फुयाँललाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आज सोमबार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

उक्त मन्त्रालय बिगत १४ महिनादेखि रिक्त रहेको थियो । सो मन्त्रालयको मन्त्री केशव स्थापित हटाइएपछि मुख्यमन्त्री डोरमणि पौडेलले कार्यभार सम्हाल्दै आउनुभएको थियो ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री फुयाँलले संविधानको मर्म र राष्ट्रलाई विकासको पूर्वाधारबाट गतिशिल तुल्याई जनतालाई मौलिक हकको सम्बर्दन गर्न र आर्थिक समृद्धितर्फ क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रशासन र सुरक्षाको उच्च अधिकृतहरुलगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्री रामेश्वर फुयाँलले आजै आफ्नो कार्यभार सम्हाल्नु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*