सरकारका दुई बर्षः सरकार–पार्टी सम्बन्धमा उतारचढाव

तु खबर संवाददाता
२०७६ फाल्गुन २, शुक्रबार ०८:०५
file photo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा गर्न सकेका छैनन्। सरकारमा सहभागी भएबाहेकका अन्य पार्टी नेताले पनि सरकारको कामकारबाहीको प्रायः आलोचनै गरेका छन्।

सरकार बनेको एक वर्ष नपुग्दै नेकपाभित्र पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने द्वन्द्व सुरु भयो।

२०७५ माघ ९ गते प्रधानमन्त्री ओली नेपालमा नभएका बेला पार्टीका तर्फबाट दाहालले अमेरिकाले भेनेजुएलामा नाकाबन्दी लगाएको प्रसंगमा भेनेजुएलाको समर्थन गरेपछि सरकार र पार्टीबीचको सम्बन्ध झनै तितो बनेको थियो।

अध्यक्ष दाहालले अर्का अध्यक्ष ओली देशबाहिर भएको बेला दिएको वक्तव्यलाई लिएर पार्टी र सरकारमा तरंग पैदा भएको थियो। दाहालले विज्ञप्तिमा अमेरिकाको निन्दा गरेका थिए।

भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको तथा सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको आरोप दाहालले लगाएका थिए।

नेपाल फर्केपछि ओलीले दाहालको विज्ञप्ति पार्टीको आधिकारिक धारणा नभएको बताएपछि उनीहरु दुईको सम्बन्ध बिग्रेको थियो।

त्यसपछि २०७५ माघ २५ गते एक सार्वजनिक कार्यक्रममा दाहाल सरकारविरुद्ध खनिएका थिए। उनले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको आलोचना गरेका थिए।

उनले सरकार शान्ति सम्झौता र संविधानको मर्मविपरीत चलिरहेको गम्भीर आरोपसमेत लगाएका थिए। दाहालले २०७६ जेठ ३ गते आयोजित पार्टी एकता दिवसमा पनि सरकारको आलोचना गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*