पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

तु खबर संवाददाता
२०७६ माघ २९, बुधबार १७:३०
file-photo

काठमाडौं, २९ माघ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गर्दै रिट दायर गरेका हुन।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए। अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख छ। त्यसैले बालुवाटार जग्गा प्रकरणमा नेपाल र भट्टराईविरुद्ध मुद्दा लागेको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सभापति विजयकुमार गच्छदारलाई फसाएर नेपाल र भट्टराईलाई जोगाएको भन्दै विरोध गर्दै आएको छ । कांग्रेसले ३ दिनसम्म प्रतिनिधिसभा संसद अवरुद्धसमेत गरेको थियो ।

अख्तियारले गत बुधबार तत्कालिन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*