राष्ट्रपति सी कोरोना संक्रमितलाई भेट्न अस्पताल पुगेपछि…

तु खबर संवाददाता
२०७६ माघ २८, मंगलवार १५:१९

एएफपी, २८ माघ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार कोरोना भाइरस प्रभावितलाई अस्पतालमा पुगेर भेटघाट गरेका छन् । उनी नीलो मास्क र सर्जिकल गाउन लगाएर बेइजिङस्थित डिटान अस्पतालमा भ्रमण गरेका हुन् ।

राष्ट्रपति सीलाई अस्पतालभित्र पस्नुअघि तापक्रम जाँचेर पठाइएको थियो। उनले मिडियासँग बोल्दै सरकारले कोरोना भाइरस नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि थप निर्णायक कदम अघि बढाउने प्रतिज्ञा गरे।

यो भाइरसलाई राक्षसको रुपमा व्याख्या गर्दै आएका सीले चीनले यो वर्षमा आफ्‍नो सामाजिक तथा आर्थिक अवस्थालाई सबल बनाउन प्रयास गर्ने बताए।

कोरोनामा संक्रमित उपचार भइरहेको अस्पतालमा बिरामी तथा चिकित्सकहरुलाई सान्त्वना दिन उनी पुगेका हुन्।

चीन सरकारले भाइरस फैलिन नदिन चीनका विभिन्‍न प्रान्तहरुमा बन्द गरेको छ। साथै स्कुल तथा कलेजहरु पनि बन्द गरिएका छन्। चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबार साँझसम्म ९ सय १० पुगिसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*