बागमती प्रदेश संसदीय दलद्वारा प्रजालाई नगद ५० हजार सहयोग

तु खबर संवाददाता
२०७६ माघ २८, मंगलवार ०९:१४

हेटौंडा, २८ माघ । नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा प्यारामोटर निर्माण गरिरहेका चितवन राप्ती नगरपालिका–२, गड्यौलीका सरोज प्रजालाई बागमती प्रदेश संसदीय दलले नगद ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सोमबार नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ तथा उपनेता कृष्णलाल भडेलले उक्त रकम प्रजालाई हस्तान्तरण गरेका हुन् ।

यसअघि एकसिटे प्यारामोटर निर्माण गरेको प्रजाले अहिले दुई सिटे प्यारामोटर निर्माण गरिरहेका छन् । उक्त मोटर निर्माण गर्नका लागि २५ लाख रुपैयाँ लाग्ने उनले बताए ।

उनका अनुसार, उक्त मोटर एक हजार मिटर माथि र प्रतिघण्टा ६० किलोमिटरको गतिमा उड्नेछ ।

उनले यसअघि २०७४ सालख चैत १ मा एक सिटे प्यारामोटरको सफल परीक्षण गरेका थिए ।

उनले फागुन महिनाभित्रमा अहिले निर्माणधिन अवस्थामा रहेको प्यारामोटरको परीक्षण सम्पन्न गरिसक्ने लक्ष्य लिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*