कोरोनाभाइरसका कारण एकैदिन ९७ जनाले ज्यान गुमाए
बेइजिङ, २७ माघ । चीनको वुहानबाट फैलिएको कोरोनाभाइसका कारण आइतबार मात्रै ९७ जनाले ज्यान गुमाएका छन् ।
गत डिसेम्बर अन्तिम सातादेखि फैलिएको भाइरसका कारण एकैदिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै बढी हो।
कोरोनाभाइरसका कारण अहिलेसम्म ९ सय १० जनाले ज्यान गुमाएका छन् । तीमध्ये ९ सय ७ जना मेनल्याण्ड चाइनाभित्रै, एक जना फिलिपिन्स र एक जना हङकङका छन्।
उक्त भाइरसबाट अहिलेसम्म ४० हजार ५ सय ५४ जना संक्रमित छन् । तीमध्ये ६ हजार ५ सय जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
अहिलेसम्म कोरोनाभाइरस लागेका ३ हजार ३ सय ४२ जना उपचारबाट निको भएका छन्। एजेन्सी
