कोरोना भाइरसबाट अमेरिकी नागरिको मृत्यु
बेइजिङ, २६ माघ । नोवेल कोरोना भाइरसको संक्रमणबाट हुबेई प्रान्तको राजधानी वुहानमा अमेरिकन नागरिकको मृत्यु भएको छ ।
आइतबार बेइजिङमा रहेको अमेरिकी राजदूतावासले ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको जानकारी दिएको हो ।
यस भाइरसको संक्रमणबाट हालसम्म ८१३ जनाले ज्यान गुमाएका छन् ।
मृतकहरु धेरैजसो चीनको वुहान र वरिपरि शहरका रहेको बताइएको छ। चीन बाहिर फिलिपिन्समा पनि एक चिनियाँ नागरिकले ज्यान गुमाएसकेका छन्।
यो भाइरस अहिले २७ राष्ट्रमा फैलिसकेको छ भने फ्रान्समा रहेका पाँच बेलायती नागरिकमा पनि भेटिएको छ।
एजेन्सी
