नेकपा सचिवालय बैठक स्थगित

तु खबर संवाददाता
२०७६ माघ २६, आईतवार १४:०७
file-photo

काठमाडौँ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको आज बोलाइएको बैठक स्थगित भएको छ ।

पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको नेकपा सचिवालयको स्थगित भएको हो ।

आज बोलाइएको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित भएको हो ।

प्रधानमन्त्रीले शनिबार नियमति डायलाइसिस गरेका थिए ।

गत माघ १९ गते नेकपा केन्द्रीय समिति बैठक समापनअघि सचिवालय बैठक बसकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*