बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको कदमप्रति सकारात्मकः कमल थापा

तु खबर संवाददाता
२०७६ माघ २५, शनिबार १७:४१
file-photo

काठमाडौं, २५ माघ । राप्रपा अध्यक्ष कमल थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको कदमलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुद्दा दायर गर्दा राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध साध्न भने नहुने बताए ।

‘भ्रष्टाचार मुद्दामा निर्दोष पर्नुहुँदैन, अपराधीलाई उन्मुक्ति दिनुहुँदैन,’ थापाले भने, ‘यो विषय अदालतसम्म पुगेको छ। अदालत पनि अहिले अग्निपरीक्षामा छ। उसले निर्दोषलाई सफाई देला र कोही कसैलाई नियतवश उन्मुक्ति दिने प्रयास भएको भए थप छानबिन गरेर दोषीलाई कानुनको कठघरामा उभ्याउने आशा छ।’

थापाले अख्तियारलाई थप शक्तिशाली र अधिकार दिनुपर्ने माग गरे। उनले भने, ‘आयोगलाई राजनीतिक दबाब र प्रभावबाट मुक्त राख्नुपर्छ। यसले आफ्नो विश्वनीयता पनि कायम राख्नुपर्छ। ललिता निवास प्रकरणमा आयोगबाट प्रशंसनीय काम भएको छ।’

आयोगले एनसेल कर काण्ड, वाईडबडी जहाज खरिद घोटाला काण्ड, सुन तस्करी, बुढीगण्डकी जलविद्युत आयोजना लगायतमा भएका भ्रष्टाचारको अनुसन्धान गरेर अपराधीलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउन कदम चाल्नुपर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*