बालुवाटार प्रकरणमा अख्तियारको विरोध गर्दा विवेकशीलका ११ जना पक्राउ
काठमाडौं, २५ माघ । ललिता निवास प्रकरणमा अख्तियारले मुद्दा चलाएको विषयलाई लिएर प्रदर्शन गर्न पुगेका विवेकशील नेपालीका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार बालुवाटर क्षेत्रबाट प्रहरीले विवेकशीलकी नेतृ रञ्जु दर्शनासहित ११ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले संगीता बाटाजु,आलोक सुबेदी, वृतान्त खनाल,मनिष खनाल, प्रदिप ज्ञवालीलगायतलाई नियन्त्रणमा लिएको विवेकशील पार्टीका उपाध्यक्ष अजिता राईले जानकारी दिइन् ।
ललिता निवासको सरकारी जग्गा हत्याउन विगतमा संलग्न रहेकालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएको विवेकशीले जनाएको छ ।
