चीनमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो

तु खबर संवाददाता
२०७६ माघ १४, मंगलवार ०९:३९
filr-photo

काठमाडौं, १४ माघ । चीनमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ८२ जनाको मृत्यु भएको छ भने झण्डै ३ हजार मानिस बिरामी परेका छन् ।

बीबीसीको अनुसार, कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ बाट बढेर ७६ पुगेको छ ।

त्यस्तै, चीनका अन्य भागका ६ जनाको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

चिनियाँ सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङमा कोरोनाका कारण ५० वर्षीय एक व्यक्तिको ज्यान गएको छ ।

चीनबाहिरका अन्य राष्ट्रमा पनि कारोना भाइरसको संक्रमण देखिएको छ । बीबीसीका अनुसार जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन् ।

त्यस्तै थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन् ।

नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*