टर्कीमा शक्तिशाली भूकम्पको धक्का, १४ को मृत्यु

तु खबर संवाददाता
२०७६ माघ ११, शनिबार १०:१९

टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा उनीहरुको मृत्यु भएको हो ।

 शुक्रबार स्थानीय समय अनुसार, ८ः८८ मा गएको भूकम्प धक्काले अन्य सयौं मानिस घाइते भएको छन् ।

भूकम्पको धक्का छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो ।

एजेनसीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*