कोरोना भाइरसका कारण २५ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७६ माघ १०, शुक्रबार १०:२५
filr-photo

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले यसका कारण २५ को ज्यान गएको जनाएको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार, कोरोनाका कारण ६ सयभन्दा बढी नागरिक प्रभावित भएका छन्।

यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो ।

चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ ।
संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*