अस्ट्रेलियामा डढेलो निभाउन गएको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु
अस्ट्रेलियामा लागेको डढेलो निभाउने कार्यमा खटिएको एयर ट्यांकर विमान दुर्घटना हुादा तीन जनाको मृत्यु भएको छ ।
विमानमा सवार चालक दलका तीन जनाको मृत्यु भएको छ।मृतक तीनैजना अमेरिकी नागरिक रहेका हुन्।
न्यू साउथ वेल्सको ग्रामीण अग्निनियन्त्रण सेवाका आयुक्त शेन फिट्सिमन्सले क्यानाडाली कम्पनीको सी–१३० हर्कुलस विमान स्लोई मोनारो क्षेत्रमा खटिएको थियो।
अमेरिका सरकारले अस्ट्रेलियाको जंगलमा लागेको विनाशकारी डढेलो नियन्त्रणमा सघाउन उनीहरुलाई खटाएको थियो । विमान दुर्घटना हुनुको कारण बारे हाल अनुसन्धान भइरहेको छ।
गतवर्ष सेप्टेम्बरमा शुरु भएको यस विनाशकारी डढेलोमा परेर ३२ जनाको मृत्यु भइसकेको छ लाखौं हेक्टर जंगल विनाश हुँदा ५० करोडभन्दा धेरै जनावरहरुको मृत्यु भएको अस्ट्रेलियन अधिकारीहरुले बताएका छन्।
