अमेरिकी एयरबेसमा इरानद्वारा मिसाइल हमला

तु खबर संवाददाता
२०७६ पुष २३,बुधबार १०:००

इराकमा तैनाथ अमेरिकी सेनाको कम्तिमा दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार भएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

यता, इरानको राष्ट्रिय टेलिभिजनले बग्दादमा अमेरिकी राष्ट्रपति डोनाल्डा ट्रम्पको निर्देशनमा भएको ड्रोन हमलामा मारिएका शीर्ष कमान्डर कासेम सुलेमानीको हत्याको बदलामा उक्त हमला गरिएको भन्दै जिम्मेवारी लिएको छ ।

इर्बिल र अल असादमा रहेको दुईवटा बेसमा आक्रमण भएको अमेरिकाले जनाएको छ । क्षेप्यास्त्र आक्रमण के कस्तो क्षति भयो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

यता, इरानको रिभोलुसनरी गार्डले सुलेमानीको हत्याको जवाफमा मिसाइल हमला गरेको बताएको छ ।

इरानका विदेशमन्त्री जाभेद जारिफले पछि सामाजिक सञ्जाल ट्वीटरमा वक्तव्य जारी गर्दै उक्त आक्रमण आत्मरक्षाको लागि भएको र इरानले युद्धको अवस्थालाई थप बढावा दिन नचाहेको स्पष्ट पारेका छन् ।

सुलेमानीको अन्तेष्टिको केही घण्टापछि अल असादमा पहिलो क्षेप्यास्त्र हमला गरिएको थियो । त्यसको केही समयपछि नै इर्बिलमा पनि क्षेप्यास्त्र प्रहार गरिएको थियो । एजेन्सी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*