सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु

२०७६ पुष २२,मंगलवार १७:१५

शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ ।

इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।

भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सुलेमानीको शव केर्मान लैजाने क्रममा सो घटना भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । सुलेमानीको गृहनगर केर्मानमा अन्त्येष्टी गरिँदैछ ।

अमेरिकाले कमाण्डर सुलेमानीको हत्य गरेपछि उसको चौतर्फी विरोध भैरहेको छ । एजेन्सी


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*