इरानले हमला गरे ५२ स्थान ध्वस्त पार्ने ट्रम्पको चेतावनी

तु खबर संवाददाता
२०७६ पुष २०,आईतवार १५:१०
file photo

जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिकाबीच द्वन्द्व बढेको छ । इरानले आफ्ना नेताको हत्याको बदला लिने बताइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले हमला गरे इरान ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

ट्रम्पले कुनै पनि अमेरिकी नागरिकमाथि इरानका तर्फबाट हमला भए ५२ स्थानमा हमला गरी ध्वस्त बनाउने चेतावनी दिएका हुन् ।

इरानको इस्लामिक रेभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी) अन्तर्गतको कुद्स फौजका जर्नेल कासिम सुलेमानीको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।

इरानले सुलेमानीको हत्याको बदला लिने चेतावनी दिएको छ । ट्रम्पले ट्वीटरमा लेख्दै इरानले बिनाकुनै संकोच अमेरिकी हमलाको तयारी गरिरहेको बताएकाले आफूहरूले पनि इरानका ५२ वटा स्थानलाई लक्ष्य बनाइसकेको बताएका छन् । उनले ५२ स्थानमा इरानका निकै महत्त्वपूर्ण र ऐतिहासिक स्थानहरू पर्ने पनि उल्लेख गरेका छन् ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*