जेलभित्र झगडा हुँदा १६ कैदीको मृत्यु
मेक्सिकोको जकाटेकसस्थित एक जेलमा झडप हुँदा १६ कैदी मृत्यु भएको छ ।
मंगलबार दिउँसो कैदीहरुबीच झडप भएपछि १६ जनाको मृत्यु भएको हो ।
उक्त झडपबाट पाँच जना घाइते समेत भएका छन् । कैदीहरुको विभिन्न समूहबीच आपसमा कुरा नमिल्दा झगडा सुरू भएको सिन्ह्वाले जनाएको छ।
