स्कूल ब्याग बनाउने कारखानामा भीषण आगलागी हुँदा ४३ जनाको मृत्यु, मृतकको संख्या बढ्ने सम्भावना

तु खबर संवाददाता
२०७६ मंसिर २२,आईतवार १२:५४
file photo

भारतको रानी झाँसी रोड इलाकामा अनाज मन्डीस्थित स्कूल ब्याग बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ ।

दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० जना बढीलाई बाहिर निकालिएको जानकारी दिए ।

भारतीय संचारमाधयमका अनुसार, आवासीय क्षेत्रमा बनाइएको कारखानाभित्र ५९ जनाको उपस्थिती थियो जसमा अधिकांश मजदुर थिए ।

आगलागीबाट घाईते भएकाहरुको लोकनायक अस्पतालका डाक्टर समूहले घाइतेको उपचार गराइरहेका छन् ।
एजेन्सीको सहयोगमा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*