हेर्नुहोस् आज बुधबारको राशिफल

मेष
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अतस् धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।
मिथुन
आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
सिंह
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।
तुला
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
धनु
घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
बृष
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।
कर्कट
कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।
कन्या
रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।
बृश्चिक
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
मकर
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।
मीन
महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला, तर भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल