सुटिङको क्रममा सेटबाट लडेर नायकको मृत्यु

२०७६ मंसिर १२,बिहीबार १३:१७

एजेन्सी । ताइवानमा जन्मिएका नायक एवं मोडल गडफ्रे गाओको बिहिबार चीनमा मृत्यु भएको छ । उनी एक टिभी शोको सुटिङ गरिरहेका थिए । सुटिङका बेला उनी अचानक लडेका थिए जसका कारण उनको मृत्यु भएको हो ।

३५ वर्षका गडफ्रे गाओ चीनमा एक रियालिटी टिभी शो ‘चेज मी’ को सुटिङ गगरिरहेका थिए । उनी यो कार्यक्रममा ‘गेस्ट’ प्रतिस्पर्धीको रुपमा समावेश भएका थिए । तर अचानक उनी सोको सेटबाट लडे । लडेपश्चात् उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।

अस्पतालले उनको मृत्यु कार्डियक अरेष्टका कारण भएको बताएको छ । उनको शवलाई बिहिबार ताइवानमा लैजाइने जानकारीमा उल्लेख छ ।

कार्यक्रममा निर्माताले टिभी इभेन्टको कार्यक्रममा उनी लडेकाकारण उनको मृत्यु भएको पुष्टि गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*