भीमफेदी–कुलेखानी यात्रा जोखिम : साढे ३ किलोमिटर मात्रै सुरुङमार्ग निर्माण गरिने
मकवानपुर, २४ कात्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदीबाट कुलेखानीसम्म सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकार दृढ रहेको बताएका छन् ।
मुख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले गरेको विज्ञहरुसंगको छलफल कार्यक्रममा सो कुरा बताएका हुन् ।
भीमफेदी–कुलेखानीको यात्रा १६ किलोमिटर जोखीमयुक्त रहेकोले साढे ३ किलोमिटर सुरुङमार्ग निर्माण गरिने उनले जानकारी दिए ।
यस्तै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको पहिलो प्राथमिकता एकीकृत बस्ती विकास कार्यक्रम रहेको जानकारी दिए । एकीकृत बस्ती विना गरिने विकास दिगो हुन नसक्ने भन्दै यसको विषयमा सरकार गम्भिर रहेको बताए ।
मुख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा योजनामा डुप्लिकेशन भएको भन्दै तालमेल गरेर योजना बनाउनुपर्ने कुरामा जोड दिएको थियो ।
