भरतीय सरकारले सीमा अतिक्रमण गरिएकोप्रति माओवादी जनमुक्ति सेना पार्टी नेपालको आपत्ति

मकवानपुर, २२ कात्तिक । नेपालको भूभागमाथि भारतीय सरकारद्वारा सीमा अतिक्रमण गरी नयाँ राजनैतिक नक्सा सार्वजनिक गरिएकोप्रति माओवादी जनमुक्ति सेना पार्टी नेपालले आपत्ति जनाएको छ ।
दार्जुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिम्पीयाधुरा, लियुलेक भारतीय सरकारले एकपक्षीय तरिकाद्वारा सीमा अतिक्रमण गरिएकोप्रति आपति जनाउँदै जनमुक्ति सेना पार्टीले आज एक पे्रस विज्ञप्ती जारी गरेको छ ।
सो पार्टीले जारी गरेको उक्त विज्ञप्तीमा भारतीय सरकारले सार्वजनिक गरिएको नक्सा खारेज गर्नुपर्ने, नेपाल–भारत सीमामा नेपालीहरुमाथि हुने हत्या, लुटपाटजस्ता सबै किसिमका भौतिक आक्रमण पूर्णरुपमा बन्द गर्नुपर्ने, यस विषयप्रति नेपाल सरकारले चाडैनै राजनैतिक तथा कुटनैतिक पहल थाल्नुपर्ने जस्ता कुरा माग गरेको छ ।
‘नेपालको सर्वभौमसत्ता, अखण्डतामाथि भारत सरकारको तनर्फबाट भएको सीमा अतिक्रमणकोविरुद्ध सिंगो नेपाली जनता, हामी र हाम्रो महान एवम् गैरवशाली पार्टी घोर आपत्ति गर्दै विरोध गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ ।