छमछमी सिजन–४ को फाइनलमा हेटौँडाकी सन्ध्या

तु खबर संवाददाता
२०७६ आश्विन २९, बुधबार ०९:४१

मकवानपुर, २९ असोज । हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमानेकी २१ वर्षीया सन्ध्या आचार्य ‘रियो छमछमी सिजन–४’ को फाइनलमा पुग्न सफल भएकी छन् ।

हेटौँडामा संंचालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षणरत् सन्धयाले देशका करिब २० हजार भन्दा बढी प्रतिस्पर्धालाई पछि पार्दै छमछमी सिजन–४ को फाईनमा प्रवेश गरेकी हुन् ।

नेपाल टेलभिजनबाट प्रशारण हुँदै आएको मेगा डान्स रियालिटी सो ‘रियो छमछमी सिजन–४’ को फाइनलमा पुग्न सफल भएकी उनलाई यही कान्तिक ९ गतेसम्म भोट दिन सकिनेछ । उनलाई भोट गर्न म्यासेज बक्समा सीसी ०८ टाईप गरी ३१००९ मा पठाउनुपर्नेछ ।

उनले छमछमीको यो सिजन जित्ने ठूलो सम्भावना रहेको केन्द्र संचालक/प्रशिक्षक राजेश मंग्राातीले दाबी गरेका छन् । मंग्राातीले सन्ध्यालाई भोट गरिदिन आग्रह गरेका छन् ।

यसअघि मकवानपुरको मनहरी निवासी सरोज प्रजाले छमछमी सिजन–३ जितेका थिए ।

सन्ध्या यो यात्रालाई दोहोर्याउने दाउमा छिन् । उनले सामाजिक सञ्जालमार्फत आफु छमछमी सिजन–४ को फाइनलमा पुग्न सफल भएकोले सर्वाधिक भोट गरिदिन आग्रह गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*