कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी भीमफेदीका थिङ पक्राउ

२०७६ आश्विन २८,मंगलवार १७:५५

मकवानपुर, २८ असोज । १० वर्ष कैद सजाय ठहर भएका कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी भीमफेदीका जितबहादुर थिङ पक्राउ परेका छन् ।

भीमफेदी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ४० को थिङलाई भीमफेदी प्रहरी निरीक्षक राम बालक रायको कमाण्डमा खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।
थिङले मिति २०५९ साल असोज २७ गते समयमासाविक ईपा पन्चकन्या ५ हाल भीमफेदी गाउँपालिका वडा नं. ८ का वर्ष ४७ बुद्धिबहादुर गोलेलाई कुटपिट गरी घाईते भएका थिए । कुटपिटबाट घाईते भएका गोलेको मिति २०५९–०७–०४ गते मृत्यु भएको थियो ।

थिङलाई कर्तब्य ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मकवानपुरको मिति २०६७–०२–३१ गतेको फैसलाले १० वर्ष कैद सजाय सुनाएको थियो ।

उनलाई भीमफेदी गाउँपालिका वडा नं.८ स्थितबाट पक्राउ गरी आज (मंगलबार) सम्मानित मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएकोमा उक्त कैद भुक्तानको लागि कारागार कार्यालय भीमफेदी मकवानपुर पठाईएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*