नेपाल प्रहरीमा थपियो साढे ३ हजार दरबन्दी

काठमाडौं, २८ असोज । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा उक्त दरबन्दी थपिएको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ ।
थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), चार जना प्रहरी उपरीक्षक (एसपी), २१ जना प्रहरी नायब उपरीक्षक (एसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) ४७ छन् ।
प्रहरी नायब निरीक्षक (सई) ८६, प्रहरी सहायक निरीक्षक (असई) २ सय ९७, प्रहरी हवल्दार ६ सय ८३, प्रहरी जवान २ हाजार २ सय १६ र कार्यालय सहयागीतर्फ ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ ।