नेपाली नहरमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला

नवलपरासी, २८ असोज । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृता अवस्थामा फेला परेका छन् ।
नहरको पानीमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव मङ्गलबार बिहान फेला परेको हो ।
उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन । नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।