सी चिनफिङको नेपाल भ्रमणको मिति तय, असोज २५ गते नेपाल आउँने

२०७६ आश्विन २३,बिहीबार १३:२३

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको मिति तय भएको छ । दुई दिने भ्रमणका सी असोज २५ गते नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सीको भ्रमणमा क्रममा केही दुई पक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने परराष्ट्रले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले आज दिउँसो ३ बजे ुफूल रिहर्सलु गर्ने भएका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर ुफूल कार्गेड रिहर्सलु गर्न लागेका छन्।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*