बाढीका कारण भारतमा १२९ जनाले ज्यान गुमाए

२०७६ आश्विन १३,सोमबार १३:२४
file photo

काठमाडौं, १३ असोज । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् ।

भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ । बाढीले बिहारमा पनि तहसनहस पारेको छ । बिहीबारदेखि हालसम्ममा २९ ले ज्यान गुमाइसकेका छन् ।

दुवै राज्यमा केही मानिस घाइते भएको बताइएको छ । घाइतेमध्ये केही गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

वर्षाले जनजीवन प्रभावित भएको छ । अधिकारीहरूका अनुसार रेलसँगै अन्य यातायात सेवा प्रभावित भएका छन् । अविरल वर्षापछि विद्यालय र स्वास्थ्य संस्थाले सेवा प्रवाह गर्न सकेका छैनन् भने विद्युत् आपूर्तिमा समेत समस्या भएको त्यहाँका सरकारी अधिकारीहरूले जनाएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*