लागूऔषध गाँजा मुद्धामा फरार मकवानपुरका लामा १९ वर्षपछि पक्राउ

मकवानपुर, १० असोज । लागूऔषध गाँजा मुद्धामा १९ वर्षदेखि फरार प्रतिवादी मकवानपुरका गौतम लामालाई प्रहरीले आज (शुक्रबार) पक्राउ गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ घर भई हाल सोही गाउँपालिका वडा नं. ८ बस्ने ४५ वर्षिय लामालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनलाई लागूऔषध गाँजा मुद्धामा सम्मानित जिल्ला अदालत पर्साको मिति २०५७–०७–३० गतेको फैसलाले ११ महिना ३ दिन कैद र रु ७,५०० जरिवाना तोकीएको थियो ।
प्रहरीले उनलाई मनहरी बजार स्थितबाट पक्राउ गरी सम्मानित मकवानपुर जिल्ला अदालतमा उपस्थित गराएपश्चात उक्त कैद र जरिवाना भुक्तानको लागी कारागार कार्यालय भिमफेदी मकवानपुर पठाईएको जनाएको छ ।