अमेरिकाले साउदी अरबमा सेना परिचालन गर्ने
संयुक्त राज्य अमेरिकाले साउदी अरबमा आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ ।
अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको हो ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा प्रतिरक्षात्मक स्वरूपूमा अमेरिकी सैनिक खटाइने बीबीसीले जनाएको छ ।
तर कति सङ्ख्यामा अमेरिकी सैनिक पठाउने भन्ने विषयमा चाहिँ निर्णय भइसकेको छैन ।
गत हप्ता साउदी अरबमा दुईवटा आक्रमण भएका थिए।