यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाईते

चितवन, १ असोज । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस बुधबार (आज) चितवनमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना ५ ख ६६४७ नंको बसले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
उक्त बसमा २९ यात्रु सवार रहेका थिए । नेपालगञ्जको बसमा सवार यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ