भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन

२०७६ भाद्र ७,शनिबार १४:५१

नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री अरुण जेट्लीको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत ६६ वर्षीय जेट्लीको क्रममा निधन भएको हो ।

शनिबार एम्सले एक विज्ञप्ती जारी गर्दै जेट्लीको निधनमा भएको पुष्टि गरेको छ । विज्ञप्ती भनिएको छ ,‘ अत्यन्त शोकका साथ हामी श्री अरुण जेट्लीको दुःखद निधनको जानकारी गराउछौं ।’

अरुण जेट्ली पछिल्लो दुई वर्षदेखि अस्वस्थ थिए । सन् २०१८ मा अरुणको मिर्गौला प्रत्यारोपण शल्यक्रिया गरिएको थियो । त्यस बेलादेखि नै उनलाई भीडमा नजान सल्लाह दिइएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*