आत्मघाती आक्रमणमा परी ८ को मृत्यु

२०७६ श्रावण ५,आईतवार १६:१०

पाकिस्तानको उत्तरपश्चिमी सहर देरा इस्माइल खानमा आइतबार बिहान भएको दुई छुट्टाछुट्टै आक्रमणमा परी कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

मोटरसाइकलमा आएका हतियारधारी समूहले पश्चिम क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आक्रमण गरेको थियो । उक्त चौकीमा भएको आक्रमणमा परी दुई जना प्रहरीको मृत्यु घटनास्थलमै मृत्यु भएको थियो ।

घटना लगत्तै प्रहरीको शव नजिकैको एक सरकारी अस्पताल पुर्याइएको थियो ।

प्रहरीको शव अस्पताल पुर्याउने बित्तिकै आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा परी अन्य २ प्रहरी र ४ जना सर्वसाधरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्पतलामा भएको आत्मघाती आक्रमणमा करिब ७ किलो बराबरको विस्फोटक पदार्थ प्रयोग भएको प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*