भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ

२०७६ श्रावण ३,शुक्रबार ०९:३९

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खक्वान अब्बासी पक्राउ परेका छन् ।

अर्का पूर्वराष्ट्रपति असिफ अली जर्दारीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको एक हप्तापछि अब्बासीलाई विहिबार पक्राउ गरिएको हो ।

उनलाई भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने अदालतमा राखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

वर्तमान् प्रधानमन्त्री इमरान खानका पूर्ववर्ती अब्बासी प्रतिपक्षी दलका नेताहरूमध्ये प्रभावशाली नेता मानिन्छन् ।

अब्बासीले सन् १९१७ को अगस्टदेखि २०१८ मेसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*