खुट्टा ढोग्न झुकेका गर्भवती छोरीको घाँटी काटेर हत्या
भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ ।
प्रहरीका अनुसार, युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएका बाबुले खुट्टा ढोग्न झुकेका छोरीको घाँटी काटेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी बाबुलाई पक्राउ गरिएको छ ।
