८० बोतल लागूऔषध कोरेक्ससहित मकवानपुरका तामाङ पक्रउ

मकवानपुर २१ जेठ । वीरगञ्ज भन्सार कार्यालय नजिकैबाट बोतलमा रहने कोरेक्स नामक लागुऔषध प्लास्टिकको झोलामा खन्याएर ल्याउँदै गरेको अवस्थामा मकवानपुरका एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ४ का ४६ वर्षीय ज्ञानबहादुर तामाङ रहेका छन् ।
तामाङलाई सशस्त्र प्रहरीको टोलीले भारतको रक्सौलबाट ८० बोतल (८ लिटर) कोरेक्स झोलामा खन्याएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ तामाङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सामान्यतया बोतलमा रहने कोरेक्स नामक लागुऔषध प्रहरीले पक्राउ गर्न थालेपछि तस्करहरुले प्लास्टिकको झोलामा कोरेक्स खन्याएर भारतबाट नेपालमा भित्राउन थालेका छन् ।