ट्युसन सेन्टरमा आगलागी हुँदा २० जनाको मृत्यु, २० गम्भीर घाइते
काठमाडौं ११ जेठ । भारतको एक ट्युसन सेन्टरमा शुक्रबार आगलागी हुँदा कम्तीमा २० जना विद्यार्थीको मृत्यु भएको छ भने २० विद्यार्थी गम्भीर घाइते भएका छन् ।
गुजरात राज्यको सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । ज्यान गुमाउने अधिकांश किशोर–किशोरी छन् ।
माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका थिए । आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए । त्यसबाट कतिपयको ज्यान जानुको साथै केही घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
घाइतेहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तर, प्रष्ट कारण खुलिसकेको छैन ।
