रिडमोर पब्लिकेशनको कक्षा – ८ को पुस्तकले भन्छ – ३ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई !
मकवानपुर, ०४ जेठ । प्राय सबैलाई जानकारी छ, प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको नाम डोरमणि पौडेल हो । तर, अचम्म छ, कक्षा–८ को सोसियल स्टडीज्मा भने प्रदेश नं. ३ को मुख्यमन्त्रीको नाम शेरधन राई उल्लेख छ ।
रिडमोर पब्लिकेशनको पुस्तकमा प्रदेश नं. ३ को मुख्यमन्त्री राई भएको लेखिएको छ । फोटो भने डोरमणि पौडेलकै राखिएको छ ।
मकवानपुरका आधुनिक सहितका विद्यालयहरुले रिडमोर पब्लिकेशनको यो पुस्तक पढाउने निर्णय गरेका छन् । यसले विद्यार्थीलाई अन्यौल बनाएको छ ।
