श्रीलङ्कामा पुनः बम विस्फोट, बम विस्फोटबाट मृत्यु हुनेमा संख्या ३६० पुग्यो
कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको छ । बिहीबार भएको बम विस्फोटबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले जनाएको छ ।
गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर (चर्च) मा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।
मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् ।
