सुत्रकथा :- विडम्बना

तु खबर संवाददाता
२०७५ मंसिर १०, सोमबार २१:०५

एसके निधन


१. लोग्ने

– डार्लिङ किन उता फर्केकी ? आज म मुडमा छु।
-तर मलाई ….
-के भनेकी ? तिम्रो मुड त म बनाईदिई हाल्छु नि ।
-कुरो त्यसो होईन ।
-अनि के त ? रिसाएर ठुस्किएकी ?
-हजुर सङ्ग किन रिसाउनु । कस्तो चिलाई रहेको छ । कुनै यौनरोग लाग्या हो कि ?
– के भो त ? लुतो आ होला ; अस्थाई साधन लगाएपछि मलाई सर्ने होइन क्यारे !
-कस्तो दुखिरा’छ
-आ ! नखरा पार्छे । यता आईज । भोलि गएर जाचाए भैगो नि ।
-भोलि लगिस्यो है त।
-म कहाँ भ्याछु त तलाई लिएर हिड्न । भोलि नारिदिवश, महिला मन्त्रीको हैसियतमा थुप्रै कार्यक्रम सम्बोधन गर्नु छ ।
-एक्लै जानू र  ? अप्ठ्यारो लाग्छ ।
-उपचार गर्न केको अप्ठ्यारो । फेरि यस्तो कुरो अरुलाई भन्दै हिड्न नि भएन ।
-तैपनि !
-अ साच्ची ! फेरि त्याहा पनि मण्त्राणी बनेर मेरो बेईजेत गर्लिस नि ! अलि एकान्तको क्लिनिकमा खुसुक्क भन्नू ।
****
२. अस्पताल
– मलाई …..
-प्रष्ट भन्नुस न के भो?
– डाक्टर साब ….चिलाउछ र सारै दुख्छ पनि ।
-कहाँ चिलाउछ भन्नू पर्यो नि ?
-मलाई …..यौनरोगको सिकायत छ ।
– ए ! किन लजाएकी त ? जाँच्नु पर्छ , भित्र क्याबिनमा जाउ । म त्यही आउछु ।
***
३. पुलिसथाना
– प्रहरीदाइ म अन्यायमा परे न्याय चाहियो।
– किन ? कस्ले के गर्यो ?
– डाक्टरले जाँच्ने बाहानामा बलत्कार गर्यो ।
– खैखै प्रमाण देखाउ त ।
****
४ . अदालत
– वकिल साब म पटकपटक बलात्कृत भएँ न्याय दिलाउनु पर्यो ।
– प्रहरीमा उजुरि गरेको प्रमाण छ ।
– उजुरी गर्न जाँदा त उल्टै………..
– डाक्टरी रिपोर्टको प्रमाण छ ।
– डाक्टर ले त……………………….
– कानुन प्रमाण खोज्छ । प्रमाण जुटएर आउनु
***
३. घर
-लु ! किन रोएकी ? औषधि ल्यायौ ?
– म बर्बाद भए ।
– के भयो?
– डाक्टरले जाँच्ने बाहानामा जबर्जस्ती गर्यो ।
– पुलिसलाई खबर गर्नु पर्थ्यो ।
– पुलिसले प्रमाण देखाउ भन्यो । देखाउँदा उल्टै फसायो।
– वकिलको सम्पर्कमा जानु पर्थ्यो
– वकिलले पुलिस रिपोर्ट र डाक्टरी
प्रमाणपत्र चहिन्छ भन्यो ।
– अनि त यहाँ किन आएको त ?
– घर नआएर कहाँ जानु त ?
– बुझिराख यो मन्त्री सेवाप्रसादको निजी
निवास हो । कुनै वेश्यालय होइन ।
***
६. समाज
– दिदीबहिनी हो , मलाई साथ चाहियो। घरबाट बाहिर निकाले । माईतिले पनि बाँस दिएनन ।
– जोसमा होस गुमाइस , गल्ति तेरै थियो ।
– हैन मैले केहि गरेकी छैन ।
– मन्त्रीकी स्वास्नी भएरपनी तलाई किन भौतारिनु पर्याथ्यो कुन्नी अर्काको खाटखाटमा ।
-मौका छोपेर जबरजस्ति गरे , म के गरुँ ? लौन वचाओ।
– हामि पनि त जस्तै हौ क्यारे ! खै , कसैले बरजस्ती गरेका छैनन त ?