साफ च्याम्पियनसिपः आज बंगलादेशसंग नेपाल प्रतिस्पर्धा गर्दै
काठमाडौं, २३ भदौं । साफ च्याम्पियनसिप अन्तर्गत आज हुने समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगला देशसँग प्रतिस्पर्धा गर्दै छ ।
यी दुई टोलीबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा आज साझ पौने ७ बजे हुनेछ । सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दबाब नेपाललाई छ । समूहमा दुई खेल सकिँदा ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।
३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको पाकिस्तानको पनि समान ३ अंक नै छ । त्यसैले आजको खेल जिते मात्र नेपाल सेमिफाइनलमा पुग्ने छ ।
यसअघि भएको खेलमा नेपालले पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानलाई ४९० गोलले हराएको थियो ।अन्तिम खेलमा पाकिस्तानले तुलनात्मक रुपले कमजोर मानिएको भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
